तिमी कहिले मर्ने छैनौजब एउटा लेखक तिमिसंग
प्रेममा पर्छ
तिमी अमर हुन्छौ
किनकि,
त्यो झरीमा झर्ने थोपा-थोपाहरुसंग
त्यो हावाको झोक-झोकहरुसंग
सपटी मागेकोछ उसले केहि शब्दहरु,
बिउझाएकोछ उसले केहि भावनाहरु,
र उतारेकोछ तिमीलाई पाना-पानाहरुमा
तसर्थ,
तिमी कहिले मर्ने छैनौ
किनकि,
त्यो आकाशको जूनसंगै तिमि दजिएकिछौ
त्यो सुम्धुर धुनसंगै तिमि गुञ्जिरहेकिछौ
त्यो झर्नाको कलकल पानीसंगै बगिरहेकीछौ
र ति सातै रंगका इन्द्रेनिसंगै रंगिएकिछौ
यसरी जीवित बनाएकोछ उसले
भन् तिमि कसरी मर्छौ ??
nice (y)
ReplyDeletebeautifulllllllllllllllllllllllllll...
ReplyDeleteNice one bunu
ReplyDeletekeep it up !!