आई घरीघरी सताउँछ परीक्षा
आधा रातैभरी जगाउँछ परीक्षा
पढ्ने समय तिमी सम्झि बिताए
ला! नतिजा सुनाउँछ परीक्षा
मलाई किन र के नसोध्नु, कस्तो अनि कहाँ नसोध्नु। जान्दछु म उत्तरहरू; जान्दिन जवाफ दिन। म तिम्रो होइन आफ्नै जिवनको कुरा गर्दैछु॥
तिन घन्टे बसाईमा तिमी मेरो जिवनको परिभाषा दिन तम्सिएका छै। के तिमी महसुस गर्न सक्छै, म कुन हालतबाट गुजरिरहेको छु भनेर? अह! विल्कुल सक्दैनौ। त्यो महत्वपुर्ण तिन घन्टा मेरा जिवनका कहाली लाग्दा क्षण अगाडि महत्वहिन हुन।
पात्र परीक्षा; तिमी भन्दा मेरा जिवनका भोगाईका परीक्षाहरू पृथ्क छन् । म तिम्रा गणित्य सुत्रहरू, पैसाका खेलहरूसगँ दिकदार हैन, लाचार छु आफैबाट अलग्याउन नसकेको अतितसगँ । मैले हिजो पढेका सुत्रहरू खियालागेर मक्किइसके; तर उनीसगँ विताएका प्रत्यक पल सदासर्जिव मेरा जिवनलाई अन्नत अन्नतसम्म मक्याइरहनेछन् ।
तसर्थ, तिमी मलाई ढक्ढक्याउन छाडिदेउ। म नसुन्ने भइसके। म आफ्नै जिवनसगँ हारेको छु । म ति परीक्षाहरू कसरी जीतू ??
are wha :)
ReplyDeleteDamizzz.......sabina......
ReplyDeleteattiz uttam
ReplyDeleteThank you everyone :)
ReplyDelete